पोखरा जिरो किलोमिटर नजिकै आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । पृथ्वी राजमार्ग बस संचालक कम्पनि प्रा.लि.को कार्यालय नजिकै कारले मोटरसाइकललाई ठक्कर दिएर भागेको हो ।
जिरोबाट पृथ्वीचोक तर्फ आउदै गरेको ग १६ प ४५३ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको सेतो रङको कारले बिहान ५.१५ बजे ठक्कर दिएको हो ।
दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका ४ घरभई पोखरा ५ पस्र्याङ बस्दै आएका मोटरसाइकल चालक २९ वर्षीय सन्तोष बराम घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।
बरामको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौंडा स्थित स्कुल टोलमा ग ९ प ८३४ दुर्घटना भएको छ ।
मोटरसाईल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २४ बर्षिय कृतिमान गुरुङ घाईते भएका छन् । उनको उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो