आइतबार पोखराका २८ सहित गण्डकीमा २९ जनामा कोरोना पुष्टि, १ को मृत्यु, ५२ जना कोरोनामुक्त

आइतबार पोखराका २८ सहित गण्डकीमा २९ जनामा कोरोना पुष्टि, १ को मृत्यु, ५२ जना कोरोनामुक्त

Gandaki pradesh map 1

पोखरा – आइतबार पोखराका २८ सहित गण्डकीमा थप २९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका १४७ जनामा गरिएको परीक्षण मध्ये कास्की जिल्ला पोखरा महानगरपालिकाका २८ सहित तनहुँ जिल्ला भिमाद नगरपालिकाका १ जना गरी २९ जनामा कोरोना पुष्टि भएको हो ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय ९९ पुगेको छ । जसमा सक्रिय संक्रमित ८७९ जना छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १३ हजार ६ सय २७ पुगेको छ ।

आज गण्डकीमा थप एक कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ । मृतक स्याङ्गजा जिल्ला पुतलीबजार नगरपालिका वडा नं -७ निवासी ८२ वर्षीया कोरोना संक्रमित महिला रहेको छन् ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९३ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ