नेपाली क्रिकेट समर्थक समाजको सचिवमा अधिवक्ता शुभ राज दुलाल

नेपाली क्रिकेट समर्थक समाजको सचिवमा अधिवक्ता शुभ राज दुलाल

shubha-raj-dulal

काठमाण्डौ – नेपाली क्रिकेट समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेट खेलको विकास र विस्तारमा समर्थकको तर्फबाट योगदान पुर्याउने उदेश्यले २०७३ साल बैशाख २२ गते स्थापित नेपाली क्रिकेट समर्थक समाज (NCSS ) को पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ ।

आगामी दुई बर्षको लागि संस्थाको नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै साधारण सभा सम्पन्न भएको हो । साथै समर्थक समाजले सातै प्रदेशमा समन्वय समिती गठन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कार्यक्रममाँ स्वागत मन्तव्य संस्थाका सह सचिब अधिवक्ता शुभ राज दुलालले राख्नु भएको थियो ।

आगामी २ बर्षका लागि चुनिएको कार्यसमितिमा अध्यक्षमा नारायण पराजुली संगै उपाध्यक्षमा रेजिना बस्नेत सचिवमा शुभ राज दुलाल सहसचिवमा मोहन ज्ञवाली कोषाध्यक्षमा अच्युत पान्डे , त्यसैगरी सदस्यहरुमा तारा पाठक , केदार शर्मा , मनिस कार्की नियुक्त भएका हुन ।

त्यस्तै प्रदेश संयोजकको रुपमा साधारणसभाले प्रदेश नं १ मा ईश्वर रेग्मी , प्रदेश नं ३ मा विशाल पौडेल र प्रदेश, प्रदेश नं ५ मा सागर पंगेनीलाई चयन गरेको छ । बाँकी प्रदेशमा कार्यसमितिले संयोजक तोक्ने छ ।

संस्थाका संस्थापक सदस्य, आजिबन सदस्य, विभिन्न जिल्ला सम्वन्वय समितीका संयोजक साथै जनरल सदस्यहरु सहभागी साधारण सभामा सस्थाको संगठनात्मक अवस्था बारे निबर्तमान अध्यक्ष विराज घिमिरेले गतिविधी प्रगती विवरण सचिव नारायण पराजुलीले प्रस्तुत गरेका थिए भने, आर्थिक विवरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए । संस्थाले बर्षभरी गरेको गतिबिधीको आधारमा चितवन जिल्ला समन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको छ ।

त्यसबाहेक सहभागीहरुले संस्थाको विभिन्न नितिगत योजना साथै आगामी २ बर्षको कार्यक्रमहरुमा आ- आफ्नो धारणा ब्यक्त गरेका थिए ।

केन्द्रिय कार्यसमिती ( २०७७-७९)
अध्यक्ष – नारायण पराजुली
उपाध्यक्ष – रेजिना बस्नेत
सचिब – अधिवक्ता शुभ राज दुलाल
सहसचिब – मोहन ज्ञावली
कोषाध्यक्ष – अच्युत पाण्डे
सदस्य – तारा पाठक
सदस्य – मनिष कार्की
सदस्य – केदार घिमिरे
सदस्य – सिर्जन दुलाल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ