पोखरा नयाँबजारमा रहेको Y5 रेष्टुरेष्टले आफ्नो सेवालाई परिर्माजित गर्दै नयाँ सेवा सुविधासहित सञ्चालनमा आउने तयारी गरेको छ ।
रेष्टुरेष्टका संचालक अभिमन्यु पाण्डेले पोखरामा बढेको कफी कल्चरलाई मध्यनजर गर्दै नेपालमै सस्तो दरमा अर्गानिक कफी उपलब्ध गराउने बताए । पोखरामा आबश्यकता भन्दा बढी मूल्यमा अर्कानिक कफी व्यापारलाई रोक्नका लागि पनि सस्तोदरमा कफी उपलब्ध गराउन लागिएको पाण्डेले बताए ।
‘कफि व्यापारीसंग प्रतिस्पर्धा गरेको होइन मात्र कफी पारखीहरुको आत्मसम्मान गरेर सस्तो मूल्य थोरै मुनाफा राखेर दिन खोजेका हौ’- उनले भने । पाण्डेका अनुसार ५५ रुपैंयामा ग्राहकले Americano, Cappuccino, Expresso भेराईटीका अर्गानिक कफीको स्वाद लिन सक्नेछन् ।
रेष्टुरेण्टले सबै आइटममा कुनैपनि अन्य शुल्क नजोड्ने उनले सुनाए । ‘उही क्वालिटि र उही क्वान्टिटि तर सर्भिस चार्ज लाग्दैन’ पाण्डेले भने । संचालक पाण्डेले भाइ रन्जित दनैलाई बरिष्टा बनाएर संगै व्यवसायिक यात्रामा अगाडि बढ्दैछन् ।
सबै कफी पारखिलाई Y5 रेस्टुरेन्ट एण्ड क्याफे लाई माया गर्न आग्रह गर्दै संचालक पाण्डेले थप सल्लाह सुझाव र हौसलाको अपेक्षा राखेको बताए । २०७० फागुन ८ गतेदेखी स्वादिष्ट खाना खाजा उपलब्ध गराउँदै आएको रेष्टुरेण्टमा इन्टरनेट र पार्किङ स्पेसको सुविधा समेत रहेको छ ।
सम्बन्धित खबर
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की