सन्दीपले लिए पहिलो खेलमा दुई विकेट, होबार्टको जित सहज

सन्दीपले लिए पहिलो खेलमा दुई विकेट, होबार्टको जित सहज

sandip lamichhane

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियन बिग बास लिगको पहिलो खेलमा दुई विकेट लिएका छन् । सन्दीप लामिछाने आफ्नो पूर्व क्लब मेलबर्न स्ट्रारविरुद्ध दुई विकेट लिन सफल भएका हुन् । सन्दीप होबार्ट हरिक्यान्सबाट खेलिरहेका छन् ।

सन्दीपले खेलको छैटौं तथा आफ्नो पहिलो ओभरको चौथो बलमा हिल्टन काट राइटलाई बोल्ड आउट गरेका थिए । सन्दीपले पहिलो ओभरमा ११ रन खर्चदै एक विकेट लिन सफल भएका हुन् ।

उनले पहिलो ओभरमा दुई चौका खाएका थिए । सन्दीपले आफ्नो दोस्रो ओभरमा ८ रन खर्चे । आफ्नो तेस्रो ओभरमा ९ रन खर्चिए ।

चौथो ओभरमा सन्दीपले ११ रन खर्चेर एक विकेट लिन सफल भए । सन्दीपले वेन डन्कको विकेट लिएका थिए । सन्दीपले चार ओभर बलिङ गरेर ३८ रन खर्चिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ