शनिवार थप ४ सय १९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

शनिवार थप ४ सय १९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

death body corona

शनिवार थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ७ सय ५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यस दिन ६ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म मुलुकभर कुल १ हजार ८ सय ७० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो तथ्यांकअनुसार, हालसम्म कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने कुल २ लाख ५३ हजार ८ सय ५७ जना भाइरस मुक्त भएका छन् ।

यस्तै शनिवारसम्म सक्रिय संक्रमित ५ हजार ७ सय ११ जना रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ