सहरी विकासमन्त्री प्रभु साहको गाडीले सवार गाडीले एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको छ। मन्त्री साह सावार १ झ ३८४२ नम्बरको जिपले शनिबार सर्लाहीको हरिवनमा लालबन्दी नगरपालिका–८ का ३० वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो।
उनी सडकमा पैदल हिँडिरहेका बेला मन्त्री साहको गाडीले ठक्कर दिएर भागेको हो। मन्त्रीको गाडीको ठक्करबाट घाइते भएका तामाङको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको उनकोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे । ‘मन्त्री ज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यसबारेमा माथि जाहेर गरिसकेका छौं,’ उनले भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ ।’
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ