म्युजिकल्ली नामक एपको विस्तारित फर्म टिकटकको लोकप्रियता दिन दुई गुणा र रात चौगुना जसरी बढिरहेको छ । एपमा उपलब्ध भिडियोमा ‘लिपसिङ’ मात्रै गरे पुग्ने र नयाँ–नयाँ फिल्टर तथा स्पेसल इफेक्टले यसको लोकप्रियतालाई अझै बढाएको हो ।
आफ्नो चलचित्रको प्रोमोसनमा जाँदा होस् वा आफ्नो गीत र जीवनसाथीसँग कतै घुम्न जाँदा होस् अथवा पारिवारिक जमघट नै किन नहोस्। उनीहरू ती क्षणलाई टिकटक भिडियोमा कैद गरिहाल्छन् ।
टिकटकमा सक्रिय नेपाली १० अभिनेत्रीहरू क्रमशः फलोअर्सका आधारमा ।
वर्षा राउत
अभिनेत्री वर्षा राउत टिकटकमा जति सक्रिय छिन्, उनको फलोअर्स पनि त्यही मात्रामा छन् । हाल उनलाई नौ लाख ३९ हजारभन्दा धेरैले पछ्याएका छन् । नेपाली अभिनेत्रीहरूमध्ये उनी सबैभन्दा धेरै फलोअर्स भएकी अभिनेत्री हुन् ।
अभिनेत्री वर्षाले हालसम्म २७० वटा भिडियो अपलोड गरेकी छिन् । जम्मा एक करोड ५८ लाखले लाइक गरेका छन् ।
आँचल शर्मा
‘आँचलुज’ नामबाट टिकटकमा सक्रिय अभिनेत्री आँचल शर्मालाई हालसम्म छ लाख ८९ हजारभन्दा बढीले फलो गरिसकेका छन् । उनले जम्मा २६ जनालाई फलो गरेकी छिन् । चलचित्र र म्युजिक भिडियामा सक्रिय उनी टिकटकमा पनि उत्तिकै सक्रिय छिन् । आँचल शर्माको टिकटक अकाउन्ट टिकटकले भेरिफाइ गरिसकेको छ ।
२४७ वटा टिकटक भिडियो अपलोड गरिएकामा जम्मा लाइक एक करोड नौ लाखले गरेका छन् ।
प्रियंका कार्की
पाँच लाख ८४ हजारभन्दा धेरै फलोअर्स रहेको अभिनेत्री प्रियंका कार्कीको टिकटक आकाउन्टबाट भने जम्मा ३९ जनालाई फलो गरिएको छ । प्रियंकाले पोस्ट गरेका भिडियोहरूमध्ये फन्नी क्लिपहरू धेरैले मन पराएका छन् ।
उनले अहिलेसम्म १३१ वटा भिडियो पोस्ट गरेकी छिन् । उनको जम्मा भिडियोमा ८५ लाखले लाइक गरेका छन् । उनले २०१८ देखि टिकटक भिडियो बनाउन थालेकी हुन् । प्रियंकाको टिकटक अकाउन्ट पनि भेरिफाइड अकाउन्टमै पर्दछ ।
पूजा शर्मा
चञ्चले स्वभावकी अभिनेत्री पूजा शर्माको टिकटक अकाउन्टमा चार लाख ५४ हजारभन्दा बढीले फलो गरेका छन् । उनको अकाउन्टबाट भने २४ जनालाई मात्रै फलो गरिएको छ । उनले हालसम्म १५७ वटा भिडियो पोस्ट गरेकी छिन् । पूजाको टिकटक भिडियोहरू धेरैजसो उनको नयाँ म्युजिक भिडियो छायांकनको क्रमका देखिन्छन् । केही उनका चलचित्रको प्रोमोसनको पनि रहेका छन् । उनका १५७ वटा भिडियोमा जम्मा ७६ लाखले लाइक गरेका छन् ।
स्वेता खड्का
गएको डिसेम्बरमा दोस्रो विवाह बन्धनमा बाँधिएकी अभिनेत्री स्वेता खड्का पनि अन्य अभिनेत्रीहरू जस्तै उत्तिकै टिकटकमा सक्रिय छिन् । उनको टिकटक अकाउन्टलाई दुई लाख ९७ हजारभन्दा बढीले पछ्याएका छन् भने उनले जम्मा १७४ जनालाई फलो गरेकी छिन् ।
पछिल्लो केही साताको उनको टिकटक अकाउन्टका भिडियो हेर्ने हो भने धेरैजसो उनका श्रीमान् र वैवाहिक समारोहको भिडियोहरू देख्न सकिन्छ । उनको अहिलेसम्म पोस्ट भएका भिडियोमा जम्मा ६४ लाखले लाइक गरेका छन् ।
नीता ढुंगाना
पछिल्लो समय चलचित्रको पर्दामा त्यति नदेखिएकी अभिनेत्री नीता ढुंगाना टिकटकमा भने उत्तिकै सक्रिय छिन् । १० अभिनेत्रीहरूमध्ये नीताले सबैभन्दा धेरै भिडियो पोस्ट गरेकी छिन् । जम्मा ६९६ वटा भिडियो पोस्ट गरेकोमा लाइक भने ४५ लाखले गरेका छन् ।
उनलाई हालसम्म दुई लाख ८३ हजारभन्दा बढीले फलो गरेका छन् । उनले ३२१ जनालाई फलो गरेकी छिन् ।
केकी अधिकारी
नायिका केकी अधिकारीले हालसम्म ३८ वटा भिडियो अपलोड गरेकी छिन् । उनलाई एक लाख २८ हजारले फलो गरेका छन् । उनले राखेको भिडियोबाट जम्मा चार लाख ६४ हजार लाइक पाएकी छिन् । ‘जिन्दगी जस्तो आउँछ, त्यसैगरी बाँच्नु’ भन्ने भनाइ उल्लेख गरेको उनको टिकटक अकाउन्टबाट १६ जनालाई फलो गरिएको छ ।
वर्षा सिवाकोटी
कोरोनाले सिर्जना गरेको तनावको स्थितिमा आफ्नो कम्फोर्ट जोनबाट बाहिर निस्किेर अभिनेत्री वर्षा सिवाकोटी गएको मेदेखि टिकटक परिवारमा आवद्ध भएकी हुन् । टिकटक अकाउन्ट बनाउनुको यही कारण बताउँदै उनले पहिलो टिकटक भिडियो बनाएकी हुन् ।
सात महिनाभित्रै वर्षालाई ८७ हजारभन्दा धेरैलै फलो गरिसकेका छन् । उनले भने २१ जनालाई फलो गरेकी छिन् । हालसम्म ७७ वटा भिडियो अपलोड गरेकोमा जम्मा ११ लाख लाइक आएको छ ।
स्वस्तिमा खड्का
चलचित्र र म्युजिक भिडियोका पर्दामा निकै सक्रिय स्वस्तिमा खड्का टिकटकमा भने पछिल्लो केही समययता मात्रै सक्रिय भएकी हुन् ।
उनको स्वस्तिमा खड्का अफिसियल नामक टिकटक अकाउन्टमा हालसम्म ३८ हजारभन्दा धेरैले फलो गरेका छन् । ३० वटा मात्रै भिडियो पोस्ट भएकोमा जम्मा लाइक तीन लाख ८० हजारभन्दा धेरै छ ।
रेखा थापा
नेपाली चलचित्र जगतकी हिरोको उपमा पाएकी अभिनेत्री रेखा थापालाई ११ हजार बढीले फलो गरेका छन् । सन् २०१८ सेप्टेम्बरदेखि टिकटकमा जोडिएकी रेखाको पहिलो भिडियो उनको चलचित्र मालिकाको गीत ‘हल्का माया के माया’मा रहेको छ । हालसम्म ३८७ वटा पोस्ट भएको उनको भिडियोको जम्मा लाइक दुई लाख रहेको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी