देशमा पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
सुदुरपश्चिम प्रदेश तथा कर्णालीका उच्च हिमाली भूभागमा हल्का हिमपात तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ साथै सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १ दशमलव ३ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने छ । आज बिहान सूर्योदय ६ बजेर ५५ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो