पोखरा – बुधबार पोखराका ६० सहित गण्डकीमा थप ८८ जनामा कोरोना पुष्टि भएको छ ।
आज गण्डकीका २५२ जनामा गरिएको परीक्षण मध्ये थप ८८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
आज पुष्टि भएका संक्रमित गण्डकीका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ६० जना, तनहुँका ६ जना, गोरखाका ६ जना, नवलपुरका १३ जना, स्याङ्गजाका १ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार पाँच सय २९ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार सैंतिस छन् ।
पछिलो २४ घन्टामा गण्डकीबाट ८२ जना कोरोना मुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार तीन सय एक पुगेको छ भने, हालसम्म कोरोनाबाट १९१ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम