काठमाडौं । ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले पठाओको कार्यालयमा भएको तोडफोडबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आपसी बार्ता र सहमतीय प्रक्रियामा नगएर एक संस्थामाथि आक्रमण शैलीमा तोडफोड गर्नु निकै नै दुखद कुरा भएको फोरमले विज्ञप्तीमार्फत जनाएको छ । पठाओ जस्ता राइड सेयरिङ्ग एपहरुले गर्दा सर्वसाधारण नागरिकहरुको दैनिक यात्रा धेरै हदसम्म सजिलो हुँदै आएको फोरमले जनाएको छ । साथै कोभिड १९ का कारण अर्थतन्त्र सिथिल भएको समयमा पनि हजारौंले रोजगारी पाएको तर यस्ता कार्यले अर्थतन्त्रमा धक्का लागेको फोरम संयोजक सागर देव भट्टले विज्ञप्तीमार्फत जनाएका छन् ।
कार्यालयमा गएर आक्रमण र तोडफोड गर्ने जस्ता घटनाले नेपाली स्टार्ट–अप क्षेत्रलाइ नवीनता र आविष्कारको बाटोमा धकेल्नुको साटो उल्टै सूचना प्रविधिको माध्यमबाट नेपाली नागरिकहरुलाई जीवनयापन गर्न सहज बनाइरहेका सबै संस्थाहरुलाई दुरुत्साहान गरेको फोरमको धारणा छ ।
यस्ता कार्य जो सुकै बाट भएको भए पनि नेपाल प्रहरी र गृह मन्त्रालयले छिटो भन्दा छिटो छानबिन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने फोरमले माग गरेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन