काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।
तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा कहिले आउँछ भन्न नसकिए पनि जतिसक्यो छिटो नतिजा प्रकाशन गर्ने गरी आफूहरुले काम गरिरहेको जानकारी दिए । बोर्डसँग जनशक्ति पनि प्रयाप्त नै भएको उनले बताए ।
‘सिम्बोल नम्बर सिरियली भएको भए फटाफट इन्ट्री गर्न सजिलो हुन्थ्यो । त्यसो नभएकाले दिनमै ४० हजार इन्ट्री गर्नेहरुले ५ हजार पनि इन्ट्री गर्न सकिरहेका छैनन्,’ प्रा.डा. पौडेलले भने, ‘त्यसैले कहिले सकिन्छ भनेर भन्नै नसकिने भयो । तर सकेसम्म छिटो काम सक्ने कोसिस गरिरहेका छौं ।’
यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले १५ पुसभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताएका थिए ।
शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर २२ मंसिरसम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था थियो । बोर्डको प्रदेश र शाखा कार्यालयहरूले ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाएका थिए ।
केन्द्रमा आएको प्राप्तांकमा कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंकसमेत जोडेर नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सम्बन्धित खबर
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
आज देशभरको मौसम कस्तो रहन्छ?
कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी पत्रकार घाइते, आँखामा गम्भीर चोट
काठमाडौंमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, शिक्षकहरू घाइते भएपछि महासंघले आकस्मिक बैठक बोलायो
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन