संसद विघटन गरेर ओलीले कलंकको टीका लगाए : प्रचण्ड

संसद विघटन गरेर ओलीले कलंकको टीका लगाए : प्रचण्ड

Prachanda dahal

file photo

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बताएका छन् ।

सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसद विघटन गरेर ओलीले कलंकको टीका लगाएको दाबी गरे । प्रधानमन्त्री ओलीले आफूहरुलाई जनतामा जाने मुद्दा दिएको जिकिर गर्दै अध्यक्ष दाहालले संविधान, संघीयता, गणतन्त्रको पक्षमा लडिरहने प्रतिवद्दता व्यक्त गरे ।

देशमा फेरि चुनाव भए आफूहरुको जीत सुनिश्चित रहेको उनले बताए । तर अझै फिल्डमा उत्रिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसका लागि केही महिना लाग्ने दाबी गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ