कालिका बहुमुखी क्याम्पसको २९ औं बार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रम

कालिका बहुमुखी क्याम्पसको २९ औं बार्षिकोत्सवको अवसरमा सरसफाई कार्यक्रम

कालिका-बहुमुखी क्याम्पस

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ स्थित कालिका बहुमुखी क्याम्पसले आफ्नो २९ औ बार्षिकोत्सवको दिन आईतबार क्याम्पस हाता भित्र सरसफाई गरेको छ । हरेक बर्ष पुस १२ गते वार्षिकोत्सव गर्दै आएको क्याम्पसले यस बर्ष आफ्ना संस्थापक अध्यक्ष सुर्यबहादुर केसीको निधन र कोभड – १९ को कारण बार्षिकोत्सब मनाएन । समाजसेबी उद्योगपति एवं प्रतिनिधि सभाका सदस्य समेत रहेका केसीको गत कार्तिक १७ गते असामयिक निधन भएपछि बसेको सन्चालक समितिको बैठकले यस बर्षलाई शोक बर्षको घोषणा गर्दै बर्षभरीनै उत्सवका कुनैपनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।

आईतवार भएको सरसफाई कार्यक्रममा क्याम्पस प्रमुख रबीन्द्र नाथ बास्तोला र बिद्यार्थि कल्याणकारी समितिकी अध्यक्ष कौशिला अधिकारीले सरसफाई कार्यक्रम मात्र सम्पन्न गरी भब्य रूपमा बार्षिकोत्सव नगरिनुको कारणबारे प्रकाश पारेका थिए ।

सरसफाई कार्यक्रममा प्राध्यापक, बिद्यार्थि र कर्मचारीहरूको सहभागिता रहेको थियो । कल्याणकारी समितिको अग्रसरतामा भएको कार्यक्रको संयोजन प्राध्यापक शिशिर ज्ञवालीले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds