पोखरा – ग्रामिण भेगमा वसोवास गर्ने नेपालीहरुमा स्वास्थ्य सम्वन्धी काम गर्न र आवश्यकिय स्वास्थ्य जानकारी दिनका लागि मनिपालमा अध्ययनरत विद्यार्थीहरुले डाक्टर्स गाउँले कार्यक्रम संचालनमा ल्याएका छन् ।
मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत २०१६ को व्याचका विद्यार्थीद्धारा २०७५ सालमा संस्था स्थापना गरिएको संस्थाले हृदयाघात, मधुमेह, कोरोना, डेंगु, दाँत रोग लगायतका विभिन्न रोगको वारेमा आवश्यक सेवा दिईसकेको छ ।
संस्थाका प्रचारप्रसार संयोजक राहुल गोईतका अनुसार आगामी दिनमा महिला र वृद्ध वृद्धाहरुमा लक्षित गरेर स्वास्थ्य सेवा र जानकारी उपलव्ध गराईने छ । रोट्र्याक्ट क्लबसंग मिलेर स्तनपानको महत्वबारे पनि सचेतना कार्यक्रम गरिसकेको समेत उनले बताए । आफूहरुको संस्था डक्टर गाउँले र यसबाट सञ्चालन भएका कार्यक्रमबाट धेरै लाभान्वित भएको र धेरै ठाउँबाट प्रशंसा पाएको गोइतले बताए ।
स्वास्थ्य सम्बन्धी जानकारी सबैका लागि भन्ने मूल उद्देश्यका साथ सञ्चालन भएको संस्थाले विभिन्न रचनात्मक कार्य गरेको छ । संस्थामा हाल २५ जना सदस्य रहेको प्रचार प्रसार संयोजक गोइतले जानकारी दिए ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो भएको भन्दै गाइतले आफूहरुको सेवा गाउँ गाउँका नागरिकका लागि हुने स्पष्ट पारे ।
कुरा गर्दै प्रचार संयोजक गोइतले भने, ‘संस्था मार्फतस्वास्थ्य जानकारीबाट बञ्चित भएका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउन देशका कुना कुनामा पुग्ने संस्थाका सदस्य विनोद अधिकारीले जानकारी दिए ।
डक्टर गाउँलेले अफिसियल युटुव च्यानलमार्फत विभिन्न १६ वटा स्वास्थ्य समबन्धी जानकारी समेत गराएको र आगामी दिनमा थप सक्रियतापूर्वक अघि बढ्ने उनले बताए ।
उनले सञ्चारको क्षेत्र निकै फराकिलो भएको तर यस्तो विकास स्वास्थ्य क्षेत्रमा नभएको भन्दै उनले सञ्चारकै माध्यमबाट कुनाकुनामा रहेका नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिंदै जाने जानकारी दिए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने