डोरमणिपछि प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदै, भीम आचार्यलाई अघि सार्ने

डोरमणिपछि प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँदै, भीम आचार्यलाई अघि सार्ने

sherdhan-rai

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा ओली पक्षधर र दाहाल – नेपाल पक्षधरबीच अहिले एक अर्काविरुद्ध प्रहार गर्ने काम भैरहेको छ ।

दाहाल-नेपाल समूहले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेकपाको विवाद अब प्रदेशदेखि स्थानीय तहसम्म पुगेको छ। दाहाल-नेपाल समूहले प्रदेश-१ मा पनि अविश्वासको प्रस्ताव ल्याउने अन्तिम तयारी गरेको छ ।

यसअघि पनि दाहाल-नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको थियो । उक्त समूहले उक्त प्रदेश सभामा आफूहरुको बहुमत रहेको दाबी गरेको छ । प्रदेश सभाका ९३ सांसदमध्ये नेकपाका ६८ सांसद छन्। जसमध्ये पूर्वएमालेका ५२ र पूर्वमाओवादीका १६ जना छन्। राईलाई विस्थापित गरेर प्रदेश नम्बर १ मा मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई अघि सार्ने बुझिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds