पोखरा । गण्डकी प्रदेशका सांसद राजीव पहारीले अहिले प्रचण्ड तथा नेपाल समुह बाटो बिराएर सडकमा भड्किरहेको भन्दै व्यंग्य गरेका छन् । साविक युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका पहारीले पोखरामा भएको ओली समूहको युवा भेलालाई सम्बोधन गर्दै हिजो ३० वर्षसम्म पार्टीमा अध्यक्ष भएर बसेकाहरु सडकमा भड्किरहेको बताए ।
सरकारलाई असफल पार्न आफ्नै दल लागिपरेको भन्दै उनले आजको यो अवस्था निम्तिएको कारण नै त्यही भउको बताए । ‘इतिहासमा पहिलो पटक कालापानी, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरियो ।’ उनले भने, ‘वर्तमान सरकारले गरेको यो त ऐतिहासिक कार्य हो ।’
उनले आफ्नो चाहना पुरा नभएको भन्दै पार्टी तथा देशलाई नै कब्जा गर्न खोजिएको समेत आरोप लगाए । ‘आफ्नो चाहना पूरा गर्न पार्टी विभाजन गर्न पाइन्छ रु’ उनले प्रश्न गर्दै भने, ‘यो त आम नेपाली नागरिक र उनीहरुको भोटलाई धोका दिएको भयो ।’
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्
माइतीघरमा नाटक मञ्चन: युवा नेता पौडेल
साविक युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले माइतीघर मण्डलामा प्रचण्ड–नेपाल पक्षले सुरु गरेको आन्दोलनलाई नाटक मञ्चनको संज्ञा दिए ।उनले भने, ‘पद तथा सत्ताको लोभमा उनीहरु आन्दोलनमा गएका छन् ।’ नेता नेपालले त्यो बेला एमालेलेलाई विभिन्न समस्याबाट जोगाएको भन्नु हांस्यास्पद भएको उनको भनाई थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो