नेकपा नेता तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् ।
प्रचण्ड–नेपाल समुहले सूर्य चिन्हमा लोभी नजर लगाउन नहुने उनको भनाई थियो । ‘तपाईहरु सडकमा पनि जानुहुन्छ, निर्वाचन आयोगमा पनि जानुहुन्छ, अनि कसरी सूर्य चिन्हमा लोभी नजर लगाउने ?’ उनले प्रश्न गर्दै भने । उनले हिम्मत छ भने हंसिया हतौडा चुनाव चिन्ह लिन उनले चेतावनी दिएका छन् ।
ओली समूहको बृहद युवा भेलालाई सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा उनले भने,‘सूर्य चिह्नमा आँखा नलगाउनुस्, सूर्य चिह्नमा आँखा लगाएको युवाहरुले मन पराएका छैनन्, म अहिलेलाई यतिमात्रै भन्न चाहन्छु ।’
नेता बस्नेतले युवा संघलाई टोल टोलमा साईबर सेना बनाउन निर्देशन दिए । ‘विप्लवकोजस्तो साम्राज्यवादीबिरुद्ध भनेर व्यापारीबिरुद्ध, चन्दा असुली र आतंक फैलाउन प्रयोग गर्ने होईन, प्रविधिमैत्री भएर पाईला पाईलामा युद्ध लड्ने साईबर सेना बनाउनुस्’–उनले भने ।
पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बिजय गच्छदार जेलको यात्रामा जाने क्रममा रहेको दाबी गरे । अख्तियारले गच्छदारलाई वाईडवडी काण्डमा जेल पठाउन लागेको उनको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कारवाही गर्न निर्देशन दिएको भन्दै अब धेरै नेता जेल जाने बताए । उनलेपनि अख्तियारलाई भ्रष्टाचारीलाई खुट्टा नकमाई कारवाही गर्न आग्रह गरे ।
प्रचण्ड–नेपाल समुहले उच्छृङ्खल तरिकाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाएको उनको आरोप थियो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो