अघिल्लो दिनसम्म प्रचण्ड निकट, मन्त्री पद पाएपछि ओलीतिर, ५ नेतालाई मन्त्री पद उपहार

अघिल्लो दिनसम्म प्रचण्ड निकट, मन्त्री पद पाएपछि ओलीतिर, ५ नेतालाई मन्त्री पद उपहार

new cabint

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा पूर्व माओवादी खेमाका पाँच जना मन्त्री बने । नेकपा प्रचण्ड-माधव समूह छाडेका ५ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाए । यसमध्ये २ जना त सांसद पनि होइन । प्रचण्ड माधव पक्षका ७ जनाले राजिनामा दिएपछि ओलीले मन्त्री बनाएका हुन् ।

टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले मन्त्री पद पाएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, चौधरीलाई श्रम, साहलाई शहरी विकास र तामाङलाई युवा तथा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रायमाझी र थापा गत असारदेखि नै ओलीको पक्षमा खुलेका थिए । त्यसबेला रायमाफी र थापासहित केही पूर्वमाओवादी खेमाका नेताहरुले साथ दिँदा ओलीको दुवै पद जोगिन समेत बल पुग्यो । यसपटक पनि रायमाफी र थापाले खुलेरै ओलीलाई साथ दिए ।

सांसद नरहेका थापालाई भने संसद विघटनका बेला मन्त्री बन्ने मौका जुरेको छ । सांसद नै नरहेपनि उनी मन्त्री हुने अवसर पाए ।

लामा, चौधरी र साह भने प्रचण्ड-माधव पक्षमा उभिएका थिए । साहले त संसद विघटनको चर्को विरोध गरेका थिए । संसद विघटन गर्ने निर्णयलाई आत्मघाती निर्णय भन्दै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘‘संविधानको मुल मर्म र जनादेश विपरीत दुई वर्ष कार्यकाल बाँकी रहँदारहँदै प्रतिनिधिसभा विघटनको निर्णय गर्नु आफैंमा आत्मघाती एवम् आपत्तिजनक कार्य हो ।’ अहिले यो स्टाटस सामाजिक सञ्जालमा भाइरल भएको छ ।

रौतहटबाट निर्वाचित सांसद साहले पुस ७ का प्रचण्ड र माधव पक्षको केन्द्रीय कमिटी बैठकमै सहभागी भएका थिए । तर माधव नेपाललाई अध्यक्षमा प्रस्ताव गरेपछि उनले बैठक हलमा नै आपत्ति जनाएका थिए । पुस ९ को बैठकमा नगएका उनी प्रदेश र जिल्ला तहका ३० जना नेतासहित आउने भन्दै ओली समूहमा पुगेका थिए ।

खेलकुदमन्त्री नियुक्त लामा भने २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए । सिन्धुपाल्चोक – २ (ख) प्रदेशसभा सदस्यमा निर्वाचन लडेका लामा गृहमन्त्री रामबहादुर थापा बादल निकट हुन् ।

बादल ओली समूहमा लागेपछि उनी पुस ९ को प्रचण्ड र माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सामेल थिए । प्रदेशसभा सदस्यमा हारेका उनी मन्त्री बन्ने गरी ओली समूमा लागेका छन् ।

गौरीशंकर चौधरी प्रचण्ड निकटकै नेता हुन् । बर्दियाबाट निरन्तर निर्वाचन जित्दै आएका चौधरी यसअघि कृषिमन्त्री भएका थिए । उनी पनि बिहीबारसम्म प्रचण्ड र माधव पक्षकै भेलामा थिए । तर ओली समूहमा लागेका पूर्वमाओवादी नेता लेखराज भट्टको पहलमा उनी ओली समूहमा पुगेका छन् र मन्त्री बनेका छन् ।

यसरी अघिल्लो दिनसम्म प्रचण्डका मान्छे भोलिपल्ट मन्त्री पद पाउने बित्तिकै ओलीतिर लागेका छन् । मन्त्री खुस्किएपछि फेरि प्रचण्डमै फर्कने त होला भन्दै कटाक्ष सुरु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ