कास्कीका जगत विश्वकर्मा खेलकुद मन्त्रीबाट हटाइए, दावा लामा नियुक्त

कास्कीका जगत विश्वकर्मा खेलकुद मन्त्रीबाट हटाइए, दावा लामा नियुक्त

dawa-lama-jagat sunar

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर विस्तार गर्दा दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । नवयुक्त खेलकुद मन्त्री लामा सिन्धुपाल्चोकका हुन् । उनी शुक्रबार बिहानैमात्र नेकपा विभाजनमा ओली पक्षमा खुलेका थिए ।

नवनियुक्त मन्त्रीहरुलाई शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् । प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

खेलकुद मन्त्रीबाट विश्वकर्मा हटाइए

यसअघिका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) पद मुक्त भएका छन् । विश्वकर्माको कार्यकालमा नेपालले गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको थियो । विश्वकर्माकै कालमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएको थियो । सोही अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड गठन भएको थियो । राखेपको ७ सदस्यीय कार्यकारी समितिलाई पूर्णता दिन नपाउँदै विश्वकर्मा पद मुक्त भएका छन् ।

उनी दोस्रो पटक मन्त्रीमण्डल गठन हुँदा भएका थिए । तयसपछि सागका कारण पनि दर्जनौं पटक पुनर्गठन हुँदा उनलाई जिम्मेवारी दिइएकाले हटाइएको थिए । उनले जिम्मेवारी पनि पूरा गरे ।

प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा खेलकुद मन्त्री विश्वकर्मासंग भेट गरी अब निर्वाचनको काममा केन्द्रित हुन विश्वकर्मालाई अनुरोध गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ