शुक्रबार गण्डकीमा ३०४ जनाको परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि, ५८ जना कोरोनामुक्त

शुक्रबार गण्डकीमा ३०४ जनाको परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि, ५८ जना कोरोनामुक्त

Gandaki covid corona 5

पोखरा – शुक्रबार पोखराका १२ जना सहित गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । आज गरिएको जम्मा ३०४ परीक्षण मध्ये गण्डकीमा थप १३ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आजको एउटा मात्र विज्ञप्ति अनुसार संक्रमितहरु प्रदेशका दुई जिल्ला कास्कीको पोखरा महानगर र तनहुँ जिल्लाका छन् । जसअन्तर्गत पोखरा महानगरपालिकाका १२ जना र तनहुँ बन्दीपुर गाउँपालिकाका थप १ जनाको गरी गण्डकीमा १३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार २ सय ५५ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार ७ सय पांच छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५८ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोनामुक्त हुनेको संख्या १२ हजार ३ सय १४ पुगेको छ ।

शुक्रबार गण्डकीमा कोरोनाबाट मृत्यु संख्या छैन । हालसम्म गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९१ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ