प्रचण्डले भने – ‘बादल झुक्किए, यताका लागि तयार पारिएको भाषण उता गएर गरे’

प्रचण्डले भने – ‘बादल झुक्किए, यताका लागि तयार पारिएको भाषण उता गएर गरे’

prachanda-badal-2

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल झुक्किएर ओली समूहको बैठकमा पुगेको बताएका छन् ।

तपाईंसँगै आन्दोलनमा होमिनुभएका बादललाई किन तपाईको समूहमा ल्याउन नसक्नुभएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ झुक्किएर उता जानु भएको जस्तो लाग्यो । मैले उहाँको भाषण पनि सुने यताका लागि तयार पारिएको भाषण उता सुनाउनुभएको जस्तो लाग्यो ।’

प्रचण्डले आफ्नो सोच र विचार अनुसार यताउता गर्न व्यक्ति स्वतन्त्र रहेको पनि बताए । संसद भंग भएको दुई दिनपछि ओली र प्रचण्ड–माधव समूहले बोलाएको छुट्टा छुट्टै केन्द्रीय कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएका थिए । तर बिहीबार केपी शर्मा ओलीलाई साथ दिन पुगे । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्र्थापनाको माग पश्चगमन भएको बताएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ