नेपाल विद्युत् प्राधिकरणको चरम लापर्बाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको छ । पछिल्लो समय काठमाडौंलगायत देशभरका सानाठूला सहरमा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको छ । अघोषित लोडसेडिङका कारण प्राधिकरणको वर्तमान नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुन थालेको छ ।
प्राधिकरणको फितलो व्यवस्थापनका कारण पछिल्लो समय बत्ती आउने–जाने क्रम बढ्न थालेको गुनासो गरिएको छ । काठमाडौंलगायत देशका विभिन्न सहरमा बिहानदेखि रातिसम्म दर्जनांै पटक लाइन आउन–जाने क्रम जारी रहेको सर्वसाधारणको गुनासो छ ।
यतिबेला सर्वसाधारणले सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट प्राधिकरणको व्यवस्थापनप्रति औंला उठाइरहेको पाइन्छ । प्राधिकरणका अनुसार मंगलबारको ग्राफ हेर्दा ‘पिक हावर’मा अहिलेसम्मको सबैभन्दा बढी १४ सय ४३ मेगावाट पुगेको थियो ।
जब कि त्यसै दिन राति ७१५ मेगावाटसम्म विद्युत् खपत भएको थियो । गत वर्षको सोही दिन १२ सय ६५ मेगावाट विद्युत् मात्रै माग भएको थियो ।
यसरी हेर्दा झन्डै दुई सय मेगावाट विद्युत् माग बढेको छ । विद्युत् माग बढ्दा सिस्टममा ओभर लोड भएर केही प्राविधिक समस्या देखिएकाले यसलाई लोडसेडिङ भएको भन्न नमिल्ने प्राधिकरणको दाबी छ ।
आजको राजधानी दैनिकबाट
सम्बन्धित खबर
पाँच दिनभित्र १९ अर्ब नबुझाए एनसेलको लाइसेन्स स्वतः रद्ध
सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने
मित्रमिलन सहकारीको बचत फिर्ता योजनाको प्रस्ताव
सहकारीको हविगतमा पुग्दै एनआईसी एसिया
पूर्व सहकारी रजिस्ट्रार पराजुली १ करोड ५ लाख घुस खाएको खुलेपछि फरार
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो