ओलीतिर लागेपछि रामबहादुर थापाले भने– ‘ओली अग्रगामी, प्रचण्ड पश्चगामी’

ओलीतिर लागेपछि रामबहादुर थापाले भने– ‘ओली अग्रगामी, प्रचण्ड पश्चगामी’

ram-bahadur-thapa-badal

काठमाण्डाैं । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पश्चगामी भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रगामी भनेका छन् ।

पार्टी भित्रकाे तनावपछि पहिलाे पटक मुख खाेलेका थापाले ओलीलाई साथ दिएका छन् । अहिलेसम्म कुनै पनि समुहमा नलागेका उनी विहीबार मात्र ओली समुहकाे बैठकमा सहभागी भएका थिए । साेही बैठकलाई सम्बाेधन गर्दै उनले प्रतिनिधिसभा संसद विघटन अग्रगामी कदम भएको बताएका हुन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका थापाले संसद विघटन गरेर नयाँ जनादेशका लागि जाने कदम क्रान्तिकारी भएको दावी गरे । उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग पश्चगामी भएको जिकिर गरे । थापाले प्रतिनिधिसभा विघटन बाध्यकारी कदम भएको बताए ।

‘संसद विघटन पनि क्रान्तिकारी कदम हो, जे भएको छ ठीक छ । जनतामा जाने कुरा अग्रगामी कदम हो । पुनःस्थापनाको कुरा पश्चगामी छ,’ थापाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ