व्यवस्था बचाउन प्रधानमन्त्रीले संसद विघटन गर्नुभयोः गण्डकी मुख्यमन्त्री गुरुङ

व्यवस्था बचाउन प्रधानमन्त्रीले संसद विघटन गर्नुभयोः गण्डकी मुख्यमन्त्री गुरुङ

prithvi_subba_gurung_

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताएका हुन्।

ओली गुटका उनले संविधान संशोधन गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको बताए।

आफ्नै पार्टीभित्रबाट सरकार ढालेर अस्थितरता निम्त्याउन लागेपछि व्यवस्था बचाउन जनताको माझमा जाने फैसला प्रधानमन्त्रीले गरेको गुरुङको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ