केपी ओलीको सनकले देश भड्खालोमा जाक्कियो: चित्रबहादुर केसी

केपी ओलीको सनकले देश भड्खालोमा जाक्कियो: चित्रबहादुर केसी

DPM Chitra Bahadur KC

Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters’ Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters’ Club

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको सनकले देश भड्खालोमा जाक्किएको बताएका छन् ।

अध्यक्ष केसीले ओलीले आफ्नो दलभित्रको विवाद मिलाउन नसक्दाको सनक संसद्मा पोखेको समेत आरोप लगाए । रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा प्रतिनिधिसभा नै विघटन गरेर देश भड्खालोमा पार्ने र संविधानमाथि धावा बोल्ने काम गरेको उल्लेख गरे ।

कसैको उन्माद, सनक, पद र प्रतिष्ठाका लागि गरिएको संसद् विघटनविरुद्ध संसद् पुनःस्थापनाका लागि आन्दोलन चर्काउनुपर्ने उनको भनाई छ ।

‘गणतन्त्र, देशको स्वाधिनता, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध आवाज उठिरहेका बेला ओलीले मध्यावधि निर्वाचन घोषणा गर्नु बदमासी, जबरजस्ती, अलोकतान्त्रिक हो,’ उनले भने, ‘असंवैधानिक कदमविरुद्ध सबै दल मिलेर आन्दोलनमा जानुको विकल्प छैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ