ला लिगा: रियल मड्रिडको सहज जित, शीर्षस्थानको एट्लेटिकोसँग अंक बराबरी

ला लिगा: रियल मड्रिडको सहज जित, शीर्षस्थानको एट्लेटिकोसँग अंक बराबरी

real madrid

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा बुधबार राति भएको खेलमा रियलले ग्रानडालाई २–० ले पराजित गरेको छ ।

रियलको जितमा फ्रेन्च फरवार्ड करिम बेन्जेमा र ब्राजिली मिडफिल्डर क्यासमिरोले गरेको गोल नै पर्याप्त रह्यो ।

खेलको ५७औं मिनेटमा मार्को एसेन्सियाको क्रसलाई क्यासमिरोले हेडरमार्फत गोल गर्दै रियललाई अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा बेन्जेमाले इस्कोको पासमा गोल गर्दै रियलको जित पक्का गरेका थिए ।

जितसँगै रियलले शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग अंक बराबरी गरेको छ । रियलको १५ खेलबाट ३२ अंक छ । तर, एट्लेटिकोले २ खेल कम खेलेको छ । पराजित ग्रानडा भने २१ अंक जोडेर सातौँ स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ