तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवनको बुधबार शिलान्यास गरिएको छ ।
बुधबार पुर्वसभामुख तारानाथ रानाभाटले शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै रानाभाटले भने ‘भवन तोकिएकै समयमा निर्माण सम्पन्न हुनुपर्छ ।’
उक्त भवन दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको गाउँपालिकाकी अध्यक्ष माया रानाले जानकारी दिईन । भवन १० करोड ३५ लाख ६९ हजार ८८४ रुपैयाँको लागतमा निर्माण हुन लागेको अध्यक्ष रानाले बताईन ।
भवन दुई चरणमा निर्माण सम्पन्न हुनेछ । चालु आर्थिक वर्षमा जमिन मिलाउने, नाली मिलाउने लगाएतका काम हुनेछ भने आगामी आवमा भवन, पार्क र गेट निर्माण हुने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
उक्त भवन म्याग्दे-४ नारिङ्गेमा निर्माण गर्न लागिएको हो । गत २०७६ फागुन २७ को गाउँसभाले उक्त स्थानलाई गाउँपालिकाको केन्द्र र भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
शिलान्यास कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष माया रानाले गरेकी थिइन् । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका संसद डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिसस उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेकपा प्रदेश कमिटि सदस्य अतिन्द्र केशरी न्यौपाने, नेपाली कांग्रेस तनहुँका कार्यबहाक सभापति जितप्रकाश आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
आगलागीबाट तीन लाख बराबरको क्षति
कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको मृत्यु
बस र ट्याक्टर एकापसमा ठोक्किँदा एकजना घाइते
स्याङ्जा कारागारका कैदीबन्दीको नि: शुल्क आँखा परीक्षण
तनहुँमा बालभिटा खुवाउन सुरु
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन