काठमाडौ । लोकप्रिय नेपाली ईकमर्स कम्पनी ग्यापु मार्केटप्लेस र सिभिल मलको आयोजना २५ डिसेम्बर (१० पौष) मा ‘क्रिसमस सेलिब्रेसन’को आयोजना गरिएको छ ।
काठमाडौ सुन्धारा स्थित सिभिल मलको फुड कोर्टमा दिउँसो २ बजे सुरु हुने कार्यक्रममा रोहित जोन क्षेत्री, इमर्ज ब्याण्ड लगायतको लाइभ प्रस्तुति रहने ग्यापुकि बिजनेस डेभलपमेन्ट म्यानेजर सुरजनी केसिले बताइन् ।
कार्यक्रमको काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। साथै ग्यापु मार्केटप्लेस र सिभिल मलको फेसबुक पेजबाट समेत लाइभ हेर्न सकिनेछ।
कोभिड १९ का कारण लामो समय देखि साङ्गीतिक कार्यकम नभैरहेको सन्दर्भमा स्वास्थ सुरक्षा सावधानीका साथ कन्सर्ट गर्न लागिएको सिभिल मलका सिनियर मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए ।
कार्यक्रम हेर्न उपस्थित सहभागीले ग्यापु मार्केटप्लेस र एक्सलट्रीपको तर्फबाट उपहारहरु र छुट भौचर प्रदान गरिने बताइएको छ । कार्यक्रम एक्सलट्रीप नेपालसँगको समन्वयमा आयोजना गरिएको हो ।
ग्यापु र सिभिल मलकै आयोजनामा अङ्ग्रेजी नयाँ बर्षको अवसरमा पुष १७ गते पनि सिभिल मलमै अल्मोडा रानाको लाइभ कन्सर्ट गर्ने बताइएको छ ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु