नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले ले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका थिए। सोहीअनुसार ओली समूहले देशैभर भेला गर्न लागेको हो।
दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत नेकपाले तय गरेको छ। भेलाका लागि समन्वय गर्न र मुख्य वक्ता तोक्न प्रदेश १ मा मात्र बाँकी छ। अरू प्रदेशमा प्रतिनिधि तोकि सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।
बागमती प्रदेशअन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुई दिने प्रशिक्षण भेला आयोजना गरेको छ। सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नेछन्।
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम