पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूलाई निरन्तर अपमान गरेको बताएका छन्।
केन्द्रीय कमिटी बैठकलाई मंगलबार दिउँसो सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष दाहालले अपमानको विष पिउन सकेको बताएका छन्। “प्रचण्डलाई कुर्सीबाट हटाइएको छ। म भएको भए त्यो कुर्सीलाई ओलीको नजिक लगेर उनको कुर्सी सार्ने थिएँ। तर, उहाँले (दाहालले) अपमानको विष पिउन सक्नु हुँदोरहेछ”, नेता नेपालले भने, “धन्यवाद प्रचण्डजी ओलीबाट यति धेरै अपमानको विष पिउन सक्नुभयो।”
नेता नेपालले ओलीले कहिले पनि बैठक बस्न नचाहेको समेत बताए। ओलीले बैठक एकतर्फी स्थगित गरेका पनि उनले बताए। ओली बैठक बस्दाबस्दै उठेर हिँड्ने गरेको पनि नेता नेपालले स्मरण गरे। उनले बैठक बस्नका लागि निकै पापड बेल्नु परेको पनि बताए। साथै, ओलीले नेता, कार्यकर्तालाई कहिल्यै न्यायपूर्ण व्यवहार नगरेको बताए।
“सचिवालय बैठक बस्न प्रचण्डले निक्कै प्रयास गर्नुभयो। ओलीले जहिले पनि बैठकअघि शर्तै शर्त राख्नु भयो”, नेता नेपालले भने, “मेरो अपमान गर्न हटाउन खोजेको त होइन ? भन्नुभयो । बैठक बोलाउन ५ जनै बालुवाटार गयौं। उहाँले तोक लगाउँछु भनेर निकै हाँस्यास्पद जवाफ दिनुभयो।”
नेता नेपालले पूर्व पार्टी विघटन भइसकेकाले नआत्तिन कार्यकर्तालाई अपील गरे। “आत्तिनुपर्ने कुनै कारण छैन। हाम्रो पार्टीको धारा ६० मा स्पष्ट रूपमा लेखिएको छ। हामी अहिले पनि पार्टी फुटको पक्षमा छैनौं। उहाँले त पहिल्यै एमाले दर्ता गराउन लगाइसक्नुभएको छ।”
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो