निर्वाचन आयोगमा ओली समूहले पठायो नेकपा केन्द्रीय कमिटी पुनर्गठनको पत्र

निर्वाचन आयोगमा ओली समूहले पठायो नेकपा केन्द्रीय कमिटी पुनर्गठनको पत्र

Nirbachan Aayog

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ ।

‘केन्द्रीय कमिटी पुनर्गठन सम्बन्धि पत्र निर्वाचन आयोगमा आइपुगेको छ’ एक आयुक्तले भने, ‘केन्द्रीय सदस्यहरूको सूची साँझसम्म पठाउने जानकारी पाएका छौं ।’

ती आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । ओली समूहका एक नेताका अनुसार महाधिवेशन आयोजक समितिका सदस्यहरुको सूची तयार गरिँदैछ ।

यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds