तनहुँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चालु आर्थिक वर्षको ५ महिनामा ५५ लाख ४२ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पछिल्लो पाँच महिनामा ८ हजार १५० वटा सवारी साधन कारबाहीमा पर्दा ५५ लाख ४२ हजार रुपैयाँ राजस्व जम्मा भएको हो । उक्त अवधिमा २ हजार १४३ ट्रक, बस ४ सय २१, जीप/कार १८८२, ट्याक्टर ५०२, ३ हजार १७२ मोटरसाइकल र ३० वटा अन्य सवारी चालक कारबाहीमा परेका छन् ।
बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् ।
यस्तै पछिल्लो ५ महिनाको अवधिमा २९ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी ११ जनाको ज्यान गएको र ३२ जना गम्भीर र ३० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
यस्तै चालु आवमा ६१ जनालाई मादक पदार्थ सेवन अन्तर्गत कारबाही गरिएको र ६१ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
अघिल्लो आवमा १ करोड ३४ लाख ५१ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताए । त्यस्तै २१ हजार १५० वटा सवारी कारबाहीमा परेका थिए ।
गत आवमा ३८ वटा दुर्घटना भएकोमा ४४ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा ६३ जना गम्भीर घाइते भएका थिए भने ८५ जना सामान्य घाइते भएका थिए ।
सम्बन्धित खबर
पर्सा प्रहरीले सानोपाइला सहकारीको अनुसन्धान सक्यो, रवि लामिछाने विरूद्ध ५ करोडको बिगो माग
पोखरामा लागू औषधसहित २ जना पक्राउ
नवलपुरमा बाबुआमाले जाँड–रक्सी खाएर लछारपछार गर्दा चार महिने शिशुको मृत्यु
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन