ओलीले आफ्नो पक्षको बैठकमा गीत गाउँदै भने– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

ओलीले आफ्नो पक्षको बैठकमा गीत गाउँदै भने– पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

oli kp oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पार्टी फुटाउन अग्रसर पनि नहुने र कसैमाथि कारवाही पनि नगर्ने बताएका छन् । मंगलबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा उनले यस्तो बताएका हुन् ।

तर पार्टी विभाजनको सम्भावनालाई उनले अस्वीकार गरेनन् । बैठकलाई सम्बोधन गर्दै उनले आफू इतर पक्षलाई पिलोसँग तुलनासमेत गरे ।

उनले सम्बोधनका क्रममा गायक जीवन शर्माको गीतको अंश गुनगुनाउँदै ‘पिलो चिनोरेर फाल्दैमा तौल घट्दैन’ भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । जीवन शर्माको गीत गुनगुनाउँदै भन्नुभयो, पिलो निचोरेर फाल्दैमा तौल घट्दैन ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ