पोखरा । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ ।प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुकुल हेरेर आजै अध्यादेश जारी गर्ने तयारी गरेका हुन् ।
राजनीति दलसम्बन्धी ऐन २०७३ मा केन्द्रीय समिति र संघीय संसद्का भन्ने शब्दहरुको सट्टा महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको कम्तीमा ४० प्रतिशत सदस्य वा त्यस्तो दलको संघीय संदद्को संसदीय दलको कम्तीमा ४० प्रतिशत सदस्यले एकै पटक भन्ने उल्लेख छ ।
पार्टी फुटाउन ४० प्रतिशत संख्या नपुग्ने भएपछि ओलीले अध्यादेश जारी गर्ने तयारी गरेका हुन् । केन्द्रीय समितिमा ४० प्रतिशत अपुग भएपछि आफुसँग जति हुन्छन् त्यसैलाई हेरर अध्यादेश जारी गर्ने तयारी गरेका छन् । पार्टी विभाजनका लागि केन्द्रीय समितिमा ओली समूहको ४० प्रतिशत सदस्य नपुग्ने देखिन्छ ।
संसद विघटन भइसकेको परिस्थितिमा केन्द्रीय समितिमा ४० प्रतिशत पुर्याउन नसकेको खण्डमा विभाजन होइन कि ‘चोइटिएको पार्टी’ मात्र बन्नेछ र निर्वाचन आयोगबाट बैधता प्राप्त गर्ने छैन ।
बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको केन्द्रीय समितिको बैठकमा कति सदस्य सहभागी हुन्छ त्यसैलाई आधार मानेर अध्यादेश जारी गर्ने तयारी थालिएको हो । २५ वा ३० प्रतिशत हुने गरी अध्यादेश ल्याउने तयारी छ ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला