ओलीले पनि बोलाए नेकपा केन्द्रीय कमिटीको बैठक

ओलीले पनि बोलाए नेकपा केन्द्रीय कमिटीको बैठक

K P Sharma Olii

Credit: AFP Photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

हिजो बसेको (प्रचण्ड पक्षको) स्थायी कमिटीको बैठकले मंसिर ७ गते बैठक बस्ने निर्णय गरेको थियो । प्रचण्डले ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् भने अ‍ोलीले बालुवाटारमै विहान ९ वजेका लागि बैठक बोलाएको बताइएको छ ।

नेकपा कार्यालय सचिव ईश्वर रिजालले भोलि बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बस्ने भनि सबै केन्द्रीय सदस्यलाई जानकारी पठाएको जानकारी दिए ।

संसद विघटनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएपछि पार्टीका दुवै पक्षले आ–आफ्नो पक्षको भेला शुरु गरेका छन् । प्रधानमन्त्री अ‍ोली र अध्यक्ष प्रचण्डले आजै आ–आफ्ना पक्षका सांसदसँग छलफल गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds