सोमबार पोखराका ३४ सहित गण्डकीमा थप ७९ जनामा कोरोना पुष्टि, ५२ जना कोरोनामुक्त

सोमबार पोखराका ३४ सहित गण्डकीमा थप ७९ जनामा कोरोना पुष्टि, ५२ जना कोरोनामुक्त

Gandaki-Map copy

पोखरा –  सोमबार पोखराका ३४ सहित गण्डकीमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ४३८ जनामा गरिएको परीक्षण मध्ये थप ७९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत पोखराका ३४ जना, तनहुँका १२ जना, लमजुङका १२ जना, नवलपुरका १७ जना, स्याङ्गजाका ५ जना, पर्वतका ३ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थप भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार १९ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३६ पुगेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५२ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीबाट कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ हजार ९६ पुगेको छ ।

पछिल्लो तीनदिनमा गण्डकीमा कोरोनाबाट मृत्यु संख्या छैन । जसअनुसार हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ नै रहेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds