‘६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो, अदालतले उल्टाउन सक्दैन’ : प्रधानमन्त्री

‘६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो, अदालतले उल्टाउन सक्दैन’ : प्रधानमन्त्री

Kp Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन्। आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले संसद पुनर्बहाली हुन नसक्ने बताएका हुन्।

सर्वोच्चले संसद पुनर्बहाली गर्न नसक्नुमा जनमतलाई आधार बनाएका छन्। विशेष समय लिएर लामो समय बोलेका ओलीले भने,‘६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो। अदालतले उल्टाउन सक्दैन।’

प्रधानमन्त्री ओलीले बोल्ने क्रममा धेरै समय प्रचण्ड र माधव समूहलाई निशाना बनाएका थिए। ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यो निर्णय लिनुपरेको बताएका छन् । सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको उनले आरोप लगाएका थिए।

उनले सम्बोधन गर्दै भने, “प्रचण्ड–माधव नेपालको गठबन्धन अनावश्यक थियो, हामी एकैठाउँमा हुँदा पनि व्यवस्थापन गर्न सकेनौँ । लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको हो ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ