बादललाई ओलीसँग नमिल्न दबाब, १६ केन्द्रिय सदस्य भन्छन्ः ओलीसँग मिल्ने भए हामी साथ दिन्नौँ

बादललाई ओलीसँग नमिल्न दबाब, १६ केन्द्रिय सदस्य भन्छन्ः ओलीसँग मिल्ने भए हामी साथ दिन्नौँ

ram-bahadur-thapa-badal

नेकपा सचिवालय सदस्य एवंं गृहमन्त्री रामबहादुर  थापा‘बादल’लाई अध्यक्ष केपी ओलीसँग नमिल्न पूर्वमाओवादीनिकट डेढ दर्जन केन्द्रीय सदस्यले दबाब दिएका छन्। नेकपामा प्रधानमन्त्री केपी ओली पक्षको गुटबेला भैरहेको बेला नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल भने आफ्नो गुटको छुट्टै भेला गरेका छन्।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्डपक्षका ७ जना मन्त्रीले राजीनामा दिँदा पनि सरकारमै बसेका कारण ओलीपक्षको भनेर आँकलन गरिएका बादल ओली समूहको गुट भेलामा नगएर आफ्नो गुटको छुट्टै भेला गरेका हुन ।

पार्टी विवादपछि ओली कि प्रचण्ड समूहमा लाग्ने भनेर नेताहरुले कित्ता क्लियर गर्ने अभियानमा लागिरहेको बेला पूर्व माओवादी खेमाका बादल भने कुनै पक्षमा पनि नदेखिएका हुन्।

पार्टी विभाजनको अन्तिम अबस्थामा पुग्दा बादल कुन कित्तामा लाग्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ । तर आइतबार प्रचण्डपक्षले बोलाएको स्थायी समिति बैठकमा अनुपस्थित भएका बादल आज सोमबार बिहान ओली समूहले बालुवाटारमा बोलाएको भेलामा जाने धेरैको आशंका रहेपनि उनी आफ्नो गुटको भेला राखेका हुन् ।

यसअघिपनि कुनैपनि समुहमा नखुलेका बादलले पूर्वमाओवादी समूहबाट मन्त्री भएका ५ जनाले राजनीनमा दिदाँ पनि राजीनामा नदिएपछि उनी ओली पक्षको भनेर आँकलन गरिएको थियो । बादललाई अहिले उनको समूहका धेरै नेताहरुले प्रतिगमनलाई सहयोग पुग्ने ओलीको कदमलाई साथ दिन छोडेर परिवर्तनकारी कित्ता प्रचण्ड नेपाल समूहमा आउन दवाव दिइरहेका छन् ।

बादललाई नेताहरु देव गुरुङ, पम्फा भुषाल र हितमान शाक्य लगायतका नेताहरुले ओली कित्ता छाडेर प्रचण्ड कित्तामा जान पुनर्विचार गर्न आग्रह गरिरहेका छन् ।

बादलसँग तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह छ। उक्त समूहपछि माओवादी केन्द्रसँग एकता भएर आएको थियो।

उक्त समूहमा भएकाहरूमध्ये अहिले बादलसहित पम्फा भुसाल र देव गुरूङ नेकपा स्थायी कमिटी सदस्य छन्। बादलको उक्त समूहसँग अहिले १ दर्जन सांसद र झन्डै तीन दर्जन केन्द्रीय सदस्य रहेको बताइन्छ।

मन्त्रीनिवास पुल्चोकमा १६ जना केन्द्रीय सदस्यहरु भेला भई बादललाई ओलीसँग नमिल्न दबाब दिएका छन् । उनीहरुले पुल्चोकमा भेला गरेर ओलीसँग कुनै हालतमा मिल्न नसकिने भन्दै बादललाई दबाब दिइरहेका छन् ।

पुल्चोकमा भेला हुनेहरुमा स्थायी कमिटीबाट देव गुरुङ र पम्फा भुसाल छन्। त्यस्तै केन्द्रीय कमिटीमा रहेका हितमान शाक्य, लेखनाथ न्यौपाने, मनोज थापा, यसोदा सुवेदी, सूर्यप्रकाश सुवेदी, सावित्रिकुमार काफ्ले, अमृता थापा मगर, श्रीराम ढकाल, मायाप्रसाद शर्मा, महेश्वर दाहाल, युवराज भट्टराई, रामदीप आचार्य र सुरेश आलेमगर लगायत नेताहरु छन्। उनीहरुले पार्टी विवादमा अध्यक्ष प्रचण्डसँगै मिलेर जानुपर्ने भन्दै दबाब बढाएको बताइएको छ ।

आइतबार ७ जना मन्त्रीले राजीनामा दिँदा नै बादललाई गृहमन्त्रीबाट राजीनामा दिन सुझाव दिएको भएपनि उनले राजीनामा दिन आनाकानी गरेपछि नेताहरुले भेटेरै दबाब दिएका हुन्।

पूर्वमाओवादीका बादल, रायमाझी, भट्ट र थापा गएनन् स्थायी कमिटी बैठकमा

नेकपा स्थायी कमिटी बैठकमा पूर्वमाओवादी समूहबाट ४ जना अनुपस्थित भएका थिए । सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्थायी कमिटी सदस्य टोपमबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा अनुपस्थित भएका थिए ।

प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमा गजुरेलले हस्ताक्षर गरे पनि स्थायी कमिटी बैठकमा भने अनुपस्थित भएका हुन्। मणि थापाले लामो समय प्रचण्डलाई साथ दिएपनि अन्तिमा उनलाई छोडेका छन्।आफूलाई पार्टीमा अवसर नदिएको भन्दै थापा ओली कित्तामा उभिएका हुन्।

भट्टको भने प्रचण्डसँग फरक खालको गुनासो छ। सुदूरपश्चिम राजनीतिमा प्रचण्डले स्थायी कमिटी सदस्य भीम रावललाई साथ दिएपछि भट्टले प्रचण्डलाई छोडेका हुन्। अहिले भट्ट ओलीको सबैभन्दा नजिकका विश्वास पात्र मन्त्रीको रुपमा चिनिन्छिन्।

स्थायी कमिटी बैठकअघि पूर्व माओवादी नेताहरुले ओलीसँग परामर्श गरेका थिए। बालुवाटारको एक भवनमा स्थायी कमिटी बैठकका लागि प्रचण्ड-नेपाल पक्षका नेताहरु कुरेर बसेका थिए।

उता पूर्व माओवादीतर्फका बादलसहित रायमाझी, भट्ट र थापा लामो छलफल गरेका हुन्। बादल समूहमा स्थायी कमिटी सदस्य देव गुरुङ र पम्फा भुसालले छोडेका छन्।

बादल समूहबाट पूर्व माओवादीबाट रायमाझी, भट्ट र थापा नयाँ सदस्य थपिएका छन्। स्थायी कमिटीमा बादलले एक जना सदस्य थप्न सफल भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ