आज यस वर्षको सबैभन्दा छोटो दिनको प्रायजसो वर्षको सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा पर्ने गर्छ भने कहिले कहीँ डिसेम्बर २१ मा पनि पर्ने गर्छ। यो वर्ष २१ डिसेम्बरमा सबैभन्दा छोटो दिन परेको छ। यसअघि २०१७ मा पनि सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा परेको थियो।
यस दिनलाई इस्वी संवतको पात्रो अनुसार ‘विन्टर सोल्स्टिस’ भन्ने गरिएको छ। सबै भन्दा लामो दिन भएको जुन २१ को दिनलाई ‘समर सोल्स्टिस’ भनिन्छ।
वैज्ञानिकहरुका अनुसार सौर्य मण्डलमा चक्कर लगाइरहेन पृथ्वी केही झुकेको छ। पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउँछ। यस क्रममा पृथ्वीको कुन गोलार्द्ध सूर्यको दिशामा झुकेको छ वा सूर्यको विपरित दिशामा झुकेको छ भन्ने कुराले चिसो मौसम र गर्मी मौसमको निर्धारण गरेको हुन्छ। यसैगरी सूर्यको पृथ्वीको कुनै भू–भागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भू–भागमा धेरै समयसम्म रहने हुँदा। दिन छोटो या लामो हुन्छ।
के पृथ्वीभर आज छोटो दिन हो ?
आज यस वर्षकै छोटो दिन पूरा पृथ्वीभरि भने होइन। पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका भू–भागमा मात्रै आज वर्षकै छोटो दिन हो। पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेका मुलुकमा आज वर्षकै सबैभन्दा लामो दिन हो। यस्ता मुलुकहरुमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड लगायत पर्छन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन