एजेन्सी । विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् ।
केही साता यता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बेलायती अधिकारीहरूले बताएका छन् ।
बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रक्रिया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले सुझाब दिएपछि यूरोपेली मुलुकहरूले उक्त विकल्प रोजेका हुन् । बेलायतले महामारी नियनत्रणका लागि चौथो चरणको प्रतिबन्धात्मक नियमहरू जारी गरेको छ ।
कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ । सिड्नीको उत्तरी क्षेत्रमा कोरोना संक्रमितहरुको दर बड्दै गएपछि भिक्टोरियाको क्षेत्रीय प्रसासनले सीमा नाका बन्द गर्ने र सर्वसाधारणलाई १४ दिन बाहिर निस्कन नदिने निर्णय गरेको हो ।
यसैगरी कोभिड–१९ बाट बढी प्रभावितमध्येको अर्को यूरोपेली मुलुक इटलीमा पनि सोमबारदेखि १५ दिनसम्म महामारी नियन्त्रणका विभिन्न उपायलाई सक्रिय गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष र क्रिश्चियन धर्मावलम्बीहरूको प्रमुख चाडलाई महत्व दिइने ती मुलुकहरूमा पर्व र नयाँ वर्षका समय ठूला जमघट र आवागमन हुने सम्भावना रहेको भन्दै यूरोपेली अन्य मुलुकहरूले पनि महामारी नियनत्रणका विभिन्न उपायलाई अवलम्बन गर्ने बताएका छन् ।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो