पोखरा । शनिबार राति ग २ च ७५१५ नम्बरको कार पोखरा ८ सिर्जनाचोकको आइल्याण्डमा ठोक्किएर दुर्घटना भयो । कारको अगाडिको भाग क्षतिग्रस्त छ भने चालक तथा अन्यलाई केही भएन । आईल्याण्ड भत्किएको छ ।
लेकसाइड स्थित एक गेष्ट हाउसका सञ्चालक कृस नेपालीले चलाएको कार दुर्घटनामा परेको उनलाई चिन्नेजान्नेहरुले बताएका छन् । साथीभाइहरुसँग रमाइलो गरेर फर्केका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जनाएका छन् । तर, दुर्घटनाको कारण योसँगै अर्को पनि छ । अहिले सिर्जनाचोकमा आकाशेपुल निर्माणको काम रोकिएको छ । पुलका लागि पोल बीच भागबाटै गाडिएको छ र सो ठाउँ आइल्याण्ड भाग हो । निर्माण कार्य पूरा नभएकाले आइल्याण्ड बनाइएको वाल र सडकको रङ एकै छ । सो कारण पनि रातको समयमा ठम्याउन गाह्रो हुने चालकहरु बताउँछन् ।

पोखराका मूख्य चोकहरुमा आकाशेपुल बनाउने लक्ष्यअनुरुप पहिलो काम सिर्जनाचोकमा भएको हो । पोखरा महानगरपालिका र निर्माण कम्पनी बीचको सम्झौता अनुसार साउनमै पुल बनिसक्नुपर्ने थियो । लकडाउनसँगै विद्युतीय पोलतारको व्यवस्थापन नहुँदा समयमै काम भएन । सो एरियामा भएको बिजुलीका तार र पोल नहटाएकै कारण निर्माण कम्पनी केएमजेबी एनएसले काम गर्न नपाएको गुनासो गरेको छ । त्यसैले, पुल निर्माण कार्य ढिलो हुनुको कारण पोखरा महानगर हो ।
सडक बीचमा र ३ दिशामा गरेर ४ ठाउँमा पिल्लर ठड्याइएको छ । ती पिल्लर ३ महिना पहिल्यै उठाइएको हो । मेट्रोसिटी हस्पिटल अघिको कर्नरमा पोल उठाइएको छैन ।
पोखरा महानगरपालिकाको २ करोड ३० लाख लागतमा बन्ने आकाशे पुलको गत वर्ष २७ मंसिरमा नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए । यस पुल दिवंगत सांसद रबिन्द्र अधिकारीको पनि योजना थियो । स्व. अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ विनियोजन गरेका थिए ।

तस्वीरः शिवराज बस्ताकोटी र अनुप ढेवाजु
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो