पोखरेली अग्रज रंगकर्मी रत्नदेवीको निधन, कर्णदासलाई मातृ शोक

पोखरेली अग्रज रंगकर्मी रत्नदेवीको निधन, कर्णदासलाई मातृ शोक

karnadas aama

पोखरेली अग्रज रंगकर्मी रत्नदेवी दासको निधन भएको छ । हिजो निधन भएकी उनको आज अन्त्येष्टी गरिँदैछ । स्वर्गिय रत्नदेवीको पोखरा–२७ रिट्ठेपानीमा कृश्चियन परम्परा अनुसार अन्त्येष्टी गरिने परिवारले जनाएको छ ।

उनको पार्थिव शरिर अहिले आफ्नै निवास पोखरा–१० नयागाउँमा राखिएको छ । पोखरेली अग्रज रंगकर्मी लामो समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित थिईन् । उनको हिजो दिउँसो ३ः३० बजे निधन भएको थियो ।

कर्णदास अहिले मातृ शोकमा परेका हुन् । पोखराको रंगकर्ममा कर्णदासकी आमा रत्नदेवीको महत्वपूर्ण योगदान रहेको छ । कसैकसैले उनलाई पोखराकी पहिलो महिला रंगकर्मीसमेत भएको बताउँछन् । यद्वपी आधिकारिक रुपमा भने पुष्टि नभइसकेको अग्रज रंगकर्मीहरुको भनाई छ ।

स्वर्गिय रत्नदेवीको एक छोरा कर्णदास र २ छोरीहरु रहेका छन् । कर्णदासको बुबाको २ वर्ष अघि निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ