पर्यटन व्यवसायी महिला संघ (टेवान) को अध्यक्षमा रेनु थापा

पर्यटन व्यवसायी महिला संघ (टेवान) को अध्यक्षमा रेनु थापा

tewan-photo

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को तेस्रो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले रेनु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल रहेका छन् ।

त्यस्तै सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का (भट्टराई), शान्ता तिमल्सिना (सुवेदी) र सरिता क्षेत्री चयन भए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेल, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनले कार्यक्रममा बोलेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ