पोखराको नदिपुरबाट लागुऔषध सहित एक व्यक्ति पक्राउ

पोखराको नदिपुरबाट लागुऔषध सहित एक व्यक्ति पक्राउ

balkrishna-giri

पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका -३ नदिपुर बस्ने ३४ वर्षीय बालकृष्ण गिरीलाई अवैध लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय मातहत युनिटबाट खटिएको प्रहरीको टोलीले नदिपुरको रामेश्वर मन्दिरबाट पक्राउ गरेको प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।

बस्यालका अनुसार लागुऔषध लिएर हिंडिरहेका उनलाई प्रहरीले शंका लागि चेकजांच गर्ने क्रममा डाईजापाम ३४ एम्पुल, फेनेरागन ३७ एम्पुल, ब्रुफिनर्फिन ३५ एम्पुल गरी जम्मा १०६ एम्पुल लागुऔषध वरामद गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध लागुऔषध कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ