शुक्रबार पोखराका ५५ सहित गण्डकीमा थप ७१ जनामा कोरोना पुष्टि, ४३ जना कोरोनामुक्त

शुक्रबार पोखराका ५५ सहित गण्डकीमा थप ७१ जनामा कोरोना पुष्टि, ४३ जना कोरोनामुक्त

Gandaki pradesh map 1

पोखरा – शुक्रबार पोखराका ५५ सहित गण्डकीमा थप ७१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका ४२३ जनामा गरिएको परीक्षण मध्ये थप ७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जसअन्तर्गत पोखरा महानगरपालिकाका ५५ जना, तनहुँका ६ जना, स्याङ्गजाका ३ जना, पर्वतका ५ जना र म्याग्दी जिल्लाका २ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ७ सय ३६ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार सय ९२ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ४३ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ११ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु संख्या छैन । गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८७ नै रहेको निर्देशनालयका प्रमुख डा . विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds