दिल्ली उच्च अदालत फैसला: लामो समयसम्म यौन सम्बन्ध राखेर बलात्कारी भन्न मिल्दैन

दिल्ली उच्च अदालत फैसला: लामो समयसम्म यौन सम्बन्ध राखेर बलात्कारी भन्न मिल्दैन

Delhi_High_Court

एजेन्सी । भारतको दिल्लीस्थित उच्च अदालतले एक पुरुषले आफूलाई विवाहको आश्वासन दिएर लामो समयसम्म यौन सम्बन्ध राखेको भन्दै दिएको बलात्कारको मुद्दा खारेज गरिदिएको छ।

लामो समयसम्म सहमतिमा गरिएको शारीरिक सम्बन्धलाई बलात्कार भन्न नमिल्ने फैसला गर्दै अदालतले प्रतिवादी पुरुषलाई छुट्कारा दिएको हो।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार फैसलामा भनिएको छ- ‘विवाहको वाचा गर्नुलाई नै यौन लालसा भनेर ठहर गर्न मिल्दैन, लामो र अनिश्चित कालसम्म यौन सम्बन्ध कायम गरिएको अवस्थामा।’

न्यायाधीश विभु बाखरूका अनुसार विवाहको झुटो आश्वासन दिएर यौन शोषण गरिएको भनेर त्यतिबेला मात्र भन्न सकिन्छ, जतिबेला पीडित एकपटकका लागि मात्रै सिकार बन्छिन्।

अदालतले भनेको छ- ‘घनिष्ठ सम्बन्धसहित लामो समय यौन सम्पर्क गरिएको छ भने त्यसमा महिलाको इच्छा र प्रेम थिएन भनेर विश्वास गर्न सकिन्न, यौन शोषणका लागि झुटो वाचा गरिएको भनेर पनि अर्थ्याउन मिल्दैन।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ