बिहीबार पोखराका ४६ सहित गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि, १४९ जना कोरोनामुक्त

बिहीबार पोखराका ४६ सहित गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि, १४९ जना कोरोनामुक्त

Gandaki covid corona 5

पोखरा – बिहीबार पोखराका ४६ सहित गण्डकीमा थप ८२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ३८८ जनामा गरिको परीक्षण मध्ये थप ८२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज थपिएका संक्रमित प्रदेशका  १० जिल्लाका छन् ।जसअनुसार पोखरा महानगरका ४६ जना, तनहुँका ७ जना, गोरखाका २ जना, लमजुङका १० जना, नवलपुरका ७ जना, स्याङ्गजाका ४ जना, पर्वतका १ जना, म्याग्दीका १ जना, मनाङका १ जना र मुस्ताङ जिल्लाका थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

लामो समय संक्रमित रहीत रहेको मनाङमा बिहीबार पुनः एकजनामा कोरोना पुष्टि भएको छ । आज पुष्टि भएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १३ हजार ६ सय ६५ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ६४ रहेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट १४९ जना कोरोनामुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट निको हुनेको संख्या ११ हजार ९ सय १४ पुगेको छ।

बिहीबार गण्डकीमा थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृतक कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका -३ निवासी ६८ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८७ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ