कोरोना कहरकै बीच यस वर्ष पनि पोखरामा सडक महोत्सव सञ्चालन हुने भएको छ । पर्यटकीय शहर पोखरामा ब्राण्ड बनेको सडक महोत्सव यस वर्ष कोरोना कहरका कारण हुने वा नहुने अन्योलकाबीच सडक महोत्सव आयोजक रेवान पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी महोत्सव गरिने जनाएको छ ।
महोत्सव यही पुस १५, १६ र १७ गते आयोजना गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । विगतका वर्षहरुमा पाँच दिन सडक महोत्सव आयोजना गरिएपनि यस वर्ष दुई दिन घटाइएको रेवानले जनाएको छ ।
रेबानले आवश्यक स्वास्थ्य सतर्कता अप्नाउँदै महोत्सव आयोजना गर्ने जनाएको छ । सुस्ताएको पर्यटन उकास्नका लागि महोत्सवलाई निरन्तरता दिने निर्णय गरिएको बताउँदै बरालले भने – ‘सुस्ताएको पर्यटन उकास्ने प्रयास हो यो, सबैले यही रुपमा बुझेर महोत्सवमा आउनेमा हामी विश्वस्त छौं ।’

पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सूचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई ‘‘अंगेजी नया“ वर्षको गन्तब्य स्थल’’ को रुपमा प्रवद्र्धन लक्ष्य राखिएको छ ।
महोत्सवमा यस वर्ष सांगीतिक कार्यक्रम नहुने रेबानले जनाएको छ । रेबानले उद्घाटन र समापन बाहेक अन्य कार्यक्रम कोमागाने पार्कमा नगर्नेपनि बताएको छ । महोत्सव संयोजक वसन्त गौतमले भने,‘महोत्सवमा यस वर्ष दोहोरी तथा पप कन्सर्ट केहि पनि हुँदैन ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सव गरेर आफूहरुले पोखरा खुल्ला छ है भन्ने सन्देश दिन खोजेको बताए ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की