पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु, गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८६ पुग्यो

पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु, गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८६ पुग्यो

corona death india

reuters image

पोखरा । कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१२ र पोखरा-१ का एक/एकजना पुरुषको मृत्यु स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार बिहान ५:४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा-१ का ७६ वर्षीय पुरुषको मंगलबार राति १०:२० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा. शर्माका अनुसार उनी मधुमेहका साथै मिर्गौलासम्बन्धी रोगबाट समेत पीडित थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds